Powered by Blogger.

Friday, March 27, 2015

किन धेरै पसिना आउछ ? यसरि पाउनुहोस् पसिनाको दुर्गन्धबाट छुटकारा !!

पानी पिउनुजस्तै पसिना निस्कनु पनि शरीरका लागि आवश्यक हुन्छ शरीरमा भएको विकार पसिनामार्फत बाहिर आउँछ यसले शरीरको तापक्रमलाई सन्तुलनमा राख्छ तर, अत्यधिक पसिना आएमा शरीर कपडा दुर्गन्धित भई समस्या हुन सक्छ बढी पसिना आउनुलाई चिकित्साविज्ञानमा हाइपरहाइड्रोसिस भनिन्छ विश्वको कुल जनसंख्याको करिब प्रतिशत मानिसमा हाइपरहाइड्रोसिस भएकोे अनुमान

धेरै पसिना किन आउँछ ?
वंशाणुगत कारणले पनि बढी पसिना आउने हुन्छ गर्मीमा धेरै काम व्यायाम गर्नु बढी पसिना आउने अरू कारण हुन् यसबाहेक मलेरिया, फोक्सोको टिबी, दुषित रगत, तनाव, कडा ज्वरोका कारण पनि बढी पसिना आउँछ त्यस्तै, दुर्बलता, कमजोर स्मरणशक्ति, अरुचिआदि पनि बढी पसिना आउने कारण हुन् कब्जियत भयो, तेलयुक्त मसलादार खाना निरन्तर खाइयो भनेपनि पसिना बढी आउँछ यसबाहेक थायोराइड गन्थ्री बढी सक्रिय भयो भने धेरै पसिना आउँछ
शरीरको बाहिरी भागमा मृत छालाको पत्र हुन्छ धेरै पसिनाले छालाको यो पत्रलाई ओसिलो बनाउँछ यसैबाट दुर्गन्ध उत्पन्न हुन्छ ओसिलो ठाउँमा ब्याक्टेरियाले हुर्किने अनुकूल वातावरण पाउने हुँदा त्यहाँ दुर्गन्ध उत्पन्न हुन्छ बढी पसिना आउनेले नियमीत रुपमा शरीरको सरसफाई गरेनभने यस्ता ब्याक्टेरिया हुर्किन पाउँछन् विशेषगरी पैताला, काछ, काखी हत्केलामा बढी पसिना आउने भएकाले यी अंगका सरसफाईमा बढी ध्यान दिनुपर्छ

बढी पसिना आउन नदिन के गर्ने ?
बढी पसिना आउन नदिने सबैभन्दा उत्तम उपाय शरीरलाई शितल राख्नु हो यसका लागि घाम चर्किएको बेला काम नगर्ने, दौडधुप व्यायाम कम गर्ने, शितलमा बस्ने, नियमित नुहाउने, पानी अथवा पानीयुक्त फलफूल बढी खाने, राती अबेरसम्म नबस्ने, धेरैबेर भोकै नरहने, मसलादार बरफयुक्त खाना धेरै नखाने, खानामा लसुनको मात्रा कम दही, अदुवा प्याजको मात्रा बढाउने गरियो भने पसिनाको मात्रा घटाउन सकिन्छ यस्ता उपायबाट पनि पसिना आउन कम भएन भने डाक्टरको सल्लाहमा एल्युमिनियम क्लोराइडयुक्त एन्टिपर्सपाइरेन्ट औषधी सेवन गर्नुपर्छ । 

0 comments:

Post a Comment

किशोर किशोरिका अनौठा समस्याहरु के के हुन त ?