Powered by Blogger.

Tuesday, April 21, 2015

आखिर बुद्धि बढ्छ कहाँबाट ?

कसैले ‘तपाई त साह्रै बुद्धिमान हुनु हुँदो रहेछ’ भन्यो भने तपाईको मन प्रशन्न हुन्छ । आखिर प्रशन्न नहुनु पनि किन ? तर, तपाईले कहिल्यै सोच्नु भएको छ, बुद्धि कहाँबाट आउँछ ? दिमागभित्र पहिलेदेखि नै बुद्धि भरिएको हुन्छ ? पछिल्लो दिनमा कुनै जानकारी चाहियो भने गुगग वा विकीपीडिया जस्ता बेवसाइटकबो सहारा लिइन्छ । के यसको अर्थ सूचनाको यी साधनले हाम्रो बुद्धिको स्तर सम्बृद्ध र सम्पन्न बनाउँछ ?
यी सबै प्रश्नहरु यस कारण उठाइएको हो कि हालै भएको केही अध्ययनले हाम्रो मस्तिष्कले आफूलाई जति प्रभावित पार्छ, अन्य मानिस र गुगल जस्ता इन्टरनेटको दुनियाँको औजारले पनि त्यति नै असर गर्छ । अति आवश्यक भएपछि मात्र मानिसले मानसिक श्रम गर्छ, नत्र दिमागलाई कष्ट दिँदैन भन्ने सिद्धान्त मनोविज्ञानिकहरुमाझ लोकपि्रय छ ।
आमरुपमा जुन चिज स्मरण रहन सक्छ, त्यसलाई याद गरिराख्न मानिसहरु धेरै दिमाग खियाउँदैनन् र कुनै न कुनै रुपमा अरुमा निर्भर रहन्छौं । दार्शनिकहरु यसलाई यसरी ब्याख्या गर्छन-मस्तिष्कको संरचना नै यस्तो हून्छ कि माहोल अनुसार नै आफ्नो विस्तार गर्छ । दर्शन शास्त्रका ज्ञाता एण्डी क्लार्कका भन्छन्-दिमागमा केही यस्ता चिज हुन्छ, जसले नयाँ विचार र गुगल जस्ता इन्टरनेटको दुनियाको औजारसँग समन्वय स्थापित गर्छ ।

0 comments:

Post a Comment

किशोर किशोरिका अनौठा समस्याहरु के के हुन त ?