खुर्सानी किन पिरो हुन्छ ?
तपाइँलाई
पक्कै पनि खुर्सानी पिरो हुन्छ भन्ने कुरा थाहा छ - तर यसको पछाडि के
कारण छ भन्ने कुरा हामीमध्ये धेरैलाई थाहा नहुनसक्छ । खुर्सानीमा
'क्याप्साएसिन' नामक रसायन हुन्छ । त्यसले नै हामीलाई पिरो स्वादको अनुभूति
गराउँछ । क्याप्साएसिन रसायनको मात्रा जिरे खुर्सानीमा अत्याधिक हुन्छ ।
त्यसैले जिरे खुर्सानी निकै पिरो हुन्छ र भेडे खुर्सानीमा यो रसायन थोरै
परिमाणमा हुन्छ । त्यसैले भेडे खुर्सानी खासै पिरो हुँदैन । खुर्सानी
पदार्थले र्याल ग्रन्थीलाई सक्रिय पारेर र्याल उत्पादनमा वृद्धि ल्याउँछ र
त्यही र्यालले 'क्याप्साएसिन' पदार्थलाई बगाउँछ र हामी पिरो अनुभूतिबाट
छुट्कारा पाउँछौं ।
0 comments:
Post a Comment