Powered by Blogger.

Friday, April 24, 2015

श्वास किन गन्हाउछ ? प्रमुख १० कारण !

सास किन गन्हाउँन्छ ?छ वा छैन भने पनि एक पटक हेर्नुओस अनि शेयर गर्नुहोला ==========================================================
सास गन्हाउने समस्या विश्वका हरेक क्षेत्रका मानिसको एक ठूलो समस्या हो । जो गिजाको रोग, खाना वा प्लाक (दाँतमा जमेको फोहोर) का कारणले मुखमा ब्याक्टेरिया सङ्क्रमण भएर हुन्छ । चिकित्साशास्त्रले यस समस्यालाई हेलिटोसिस, फिटोर ओरिस वा आजोस्टोमिआ भनी व्याख्या गरेको छ । प्रायः सास गन्हाउने व्यक्तिले अरुको अगाडि सास गन्हाएको थाहा पाउँदैन । अर्को तर्फ नजिक रहेका व्यक्ति गन्हाउँदैछ भन्न अप्ठेरो मान्ने गर्छन् । विशेषज्ञहरुका अनुसार हामीमध्ये कम्तीमा पनि आधा जनसङ्ख्याको सास जीवनको एक कालखण्डमा गन्हाउने गर्छ । कडा स्वाद भएका खाना, जस्तो कि प्याज र लसुनबाट कसै कसैको सास गन्हाउन सक्छ । जीवनशैलीका कारण सास गन्हाउन सक्छ । धूमपान गर्ने व्यक्तिको सास धूमपान नगर्ने व्यक्तिलाई गन्हाउँछ । धूमपानले मुख सुख्खा हुने भएकाले गिजा र दाँतको रोग लागेर सास गन्हाउने हुन्छ । सास गन्हाउने समस्याबाट छुट्कारा पाउन सजिलो छैन । स्वच्छ सास पार्न कयौँ प्रकारका मिन्ट, गम, माउथवास, स्प्रे र अन्य उत्पादन बजारमा छ्यापछ्याप्ती पाइन्छन् । धेरैजसो मामिलामा सास गन्हाउने समस्याबाट छोटो समयका लागि मात्र मुक्ति मिल्छ । तापनि दाँतको राम्रो सरसफाइबाट सास स्वच्छ राख्न मद्दत पुग्छ र यसैलाई नै बचाउको राम्रो उपाय मानिन्छ । सास गन्हाउने कारणहरु:- दाँतको सरसफाइमा कमी - विशेषज्ञहरुका अनुसार सास गन्हाउने ९० प्रतिशत मामिला सरसफाइको कमीले हुने गर्छ । हामीले खाना खाएपछि मुखमा प्राकृतिक रुपमै हुने ब्याक्टेरियाले खाना विघटित गर्न थाल्छन् । खाना र प्रोटिन विघटित भएर ग्यास निस्कन्छ । हाइड्रोजन सल्फाइडलगायतका ग्यास गन्हाउँछन् । खाना निले पनि केही खाना हाम्रो दाँतमा फस्छ र ब्याक्टेरियाले त्यसलार्य विघटित गर्न सुरु गर्छन् । सडेको अण्डाबाट निस्कने हाइड्रोजन सल्फाइड ग्यास हाम्रो मुखमा रहने ब्याक्टेरियाको कारणले पनि निस्कन्छ । यो ग्यास सामान्य तापमा पपनि वाष्पिकृत हुन्छ । त्यसैले खाना खाएपछि दाँत माझ्नु पर्छ । ब्याक्टेरियाले खाना र र्यालसँग पनि टाँसिएर रंगहिन र लेसिलो पत्र दाँतको सतहमा तयार पार्दछ । यदि तपाईंले नियमित वा राम्रोसँग दाँत माझ्नु भएन भने प्लाक बन्न थाल्छ । प्लाक बन्दै गयो भने गिजा चिलाउने र दुख्ने भई गिजा र दाँत खिइने गर्छ । यसले पनि सास गन्हाउँछ । नक्कली दाँतको सफाइमा कमी – नक्कली दाँतको सफाइ नियमित रुपमा गरिएन भने पनि सास गन्हाउँछ । सुख्खा मुख - हाम्रो मुख रसिलो भइरहनर्ुपर्छ । र्यालले मुख सफा राख्छ । यदि मुख सुख्खा भयो भने मरेका कोष ज्रि्रो, गिजा र गालाको भित्री भागमा जम्मा हुन थाल्छन् । ती कोष सड्न थाल्छन् र सास गन्हाउन सुरु हुन्छ । र्याल ग्रन्थीको समस्या छ भने तपाईंको मुख बढी सुख्खा रहन्छ । बिहान सास गन्हाउनु - धेरैजसो मान्छेको सास बिहान उठ्दा गन्हाउँछ । सुतेको बेला हाम्रो मुख सुख्खा रहन्छ । विशेष गरी मुख खोलेर सुत्ने मान्छेको मुख बढी सुख्खा हुन्छ । उठेपछि र्याल निस्कन थाल्छ र मुख रसिलो भएर सास गन्हाउन छाड्छ । खाना र पेयपदार्थ- प्याज, लसुन र केही अन्य मसालायुक्त खाना खाएपछि सास गन्हाउन थाल्छ । अल्कोहल र कफीले पनि सास गन्हाउँछ । लसुन खाएपछि आउने गन्ध ब्याक्टेरियाको कारणले नभई लसुनकै कारणले हुन्छ । खासगरी मासु वा माछा खाएपछि ब्याक्टेरियाले प्रोटिनहरु विघटित गर्न सुरु गर्छ । दाँतमा फसेको मासु निकालिएन भने सास झन् बढी गन्हाउँछ । औषधि- कयौ औषधिले मुख वा नाक सुख्खा पार्ने कार्य गर्छन् । जसले सास गन्हाउँछ । रोग – रोग वा अन्य चिकित्सा अवस्थाले पनि सास गन्हाउने गर्छ । केही अवस्था निम्न अनुसार छन्:
* टन्सिलाइटिस ।
 * घाँटीका अन्य सङ्क्रमण ।
 * मधुमेह- अनियन्त्रित मधुमेहले फलफूलको जस्तो सास गन्हाउँछ ।
 * ब्रोन्काइटिस र फोक्सोको सङ्क्रमण ।
 * साइनसाइटिस ।
* ग्यास्टि्रक ।
* एसिड रिफ्लक्स- ग्यास्ट्रोइसोफागेल रिफ्लक्स डिजिज् ।
* कार्बोहाइड्रेट धेरै कम भएको खाना ।
* कलेजोको समस्या- कलेजोमा विकार भएमा माछाको जस्तो गन्ध आउँछ ।
* मिर्गौलाको समस्या- मिर्गौलामा विकार भएमा पिसाबको जस्तो गन्ध आउँछ ।
 * केही क्यान्सर ।

0 comments:

Post a Comment

किशोर किशोरिका अनौठा समस्याहरु के के हुन त ?