साथीहरु नमस्कार !
पछिल्लो २वर्षमा
मैले बिभिन्न युवाक्लब/समुहहरुमा किशोर/किशोरीका समस्याबारे गरेको अंतर्क्रियाहरुमा,
उनीहरु बाट ब्यक्त गरिएका समस्याहरुबाट केही तपाईहरुका समक्ष राख्दै छु । सहभागीहरु टीनएजर्स तपाईं हाम्रो परिवेश कै थिए. उनीहरुले केही ब्यक्त गरेका बिचार यस प्रकार छन् ।
· आमाबाबुले मेरो
कुरा पटक्कै बुझ्नुहुन्न ।
· सांच्चै भन्ने हो
भने मेरो घरै छैन ।
· घरबाट भाग्न मन
लाग्छ ।
· शिक्षक को ब्यवहार मन पर्दैन ।
· साथीहरुले गर्दा
स्कुल नै छाडी दिउं कि ?
· साथीले लागु
पदार्थ खाने दबाब दिन्छन, के गर्ने होला ।
· मलाई आफै देखि दिक्क लाग्छ ।
· म एक्लो भएको
महसूस गर्छु ।
· असाध्यै लाज लाग्छ
. अगाड़ी गएर कुरा गर्न सक्दैन।
· बिवाहपूर्ण
यौनसम्बन्ध राख्दा के नराम्रो हुन्छ ?
·
परीक्षामा कसरी राम्रो मार्क्स ल्याउने होला ।
· ध्यान एकाग्र हूंदैन
।
·
कुन बिषय पढने होला मेरो क्यारियरको लागि
· सांचो प्रेम हो कि
होइन ,
कसरी थाहा पाऊं?
·
अलिकति रक्सी पिउंदैमा के भो त ?
- कोही किशोर–किशोरीहरु घरमा
लगाइएको बन्देजबाट दुखित छन, अरु राति अबेला सम्म बाहिर हुन्छन मलाई भने यति
बजे घर पुग्नु पर्ने ....
- धेरैजसो किशोर किशोरीहरु नैराश्यपन तथा एकाकीपनको भावना बाट पीडित हुन्छन ।
उपरोक्त बिषयहरुमा आगामी दिनमा छलफल गरौला . तर आज किशोर/किशोरीको डरलाग्दो परिवेश बारे केही कुरा गरौ ।
न केटाकेटी न
युवा
टीनएजका केटाकेटी, उमेरको त्यो चरणमा पुगेका हुन्छन जहां उनीहरुले आफ्नो
पहिचान खोजी रहेका हुन्छन । उदाहरणका लागि एउटा किशोरी , आफ्नो पहिचान (sex role Identification)
खोजी रहेकी हुन्छिन । उनी केटाकेटी उमेर पार गरेकी तर युवतीहरुले उनलाई आफ्नो
दर्जामा नमिलाएको। तेसैले न केटाकेटीमा न युवतीमा गनिन्छन । उनी स्वंय कन्फ्युज्ड हुन्छिन । यसैले उनीहरु कुनै समारोहको अवसरमा बयस्क युवतीले
गरेको सिंगार पटार ध्यानले अवलोकन गरी रहेकी हुन्छिन, स्कुलमा कुनै समारोह होस वा घर परिवारमा, उनीहरु साडी लगाउने मौका छोपी रहेका हुन्छन । उता किशोरहरु
पनि उनीहरु पनि रोल मोडेल खोजी रहेका हुन्छन, उनीहरु पनि पहिचान खोजी रहेका हुन्छन ।
ठुलो देखिने चाहना
बयस्क
देखिने चाहना मन भित्र चली रहेको हुन्छ,
दुर्भाग्यले त्यही चाहनाको दबाबले गर्दा चुरोटखाने, ठुला मानिस सरह
हावभाव र सिनेमामा देखाएको हीरो को क्रियाकलाप प्रदर्शन गर्ने गर्छन । यो समय उनीहरुको जिन्दगीमा अनेक थरीका
अनिश्चितता र मानसिक उतार चढावले भरिएको हुन्छ । यसै बेला आमाबाबुको सही मार्ग
दर्शन चाहिन्छ र समुचित मार्गदर्शन भएन भने छोरा छोरी बहकिन बेर लाग्दैन ।
उनीहरुको बेग्लै दुनिया
हामीले आफ्ना छोरा
छोरीलाई चाहिने कुरा सके सम्म उपलब्ध गराई रहेकै छौं तर सबै कुरा
बाहिरी रुपमा राम्रो र असल, ठीकठाक देखिए पनि भित्री रुपमा सहज र सुन्दर न हुन
सक्छ ।
मनोबिज्ञानको दृटिले सबै भन्दा पीडित यदि कोही छ भने ती हुन किशोर किशोरी । उनीहरुको दुनिया बेग्लै हुन्छ । उनीहरुको संसार अत्यन्त डर लाग्दो हुन सक्छ ।
मनोबिज्ञानको दृटिले सबै भन्दा पीडित यदि कोही छ भने ती हुन किशोर किशोरी । उनीहरुको दुनिया बेग्लै हुन्छ । उनीहरुको संसार अत्यन्त डर लाग्दो हुन सक्छ ।
-कतिले आफ्ना
साथीहरु लागु पदार्थ को दलदलमा जाकिएको देखि रहेका हुन्छन , कतिले आफ्नो साथी
लाई अपराधको संसार मा धसिन लागेको देखि रहेका हुन्छन . तर बिडम्बना, घर वा बाहिर
कसैलाई भन्न नमिल्ने ।
-
- अनेक किशोर वा किशोरी आफ्ना साथी बाट यौन सम्पर्क
राख्ने दबाब झेली रहेका हुन सक्छ ।
- - कति दौतरी समुह को दबाब बाट समस्याग्रस्त
भएको हुन सक्छ ।
-
केहीले घर
परिवार र बिद्यालयको दबाबले मनमा आत्महत्या को बिचार उब्जाई रहेको हुन सक्छ, हाम्रो योग्यता के
कति छ भन्ने कुरा न परिवार ले बुझ्दैनन तर यति परसेन्ट माक्र्स न आए पढाउन सकिदैन
भन्दै दिइ रहने दबाब
-
- कोही छोरीको उमेर भयो भन्दै उनिहरु को पढने चाहना विपरीत बिहे गरिदिने दबाब आदि
आदि.....
नैतिक समर्थन को खोजी
- जीवनमा आइपर्ने समस्यासित जुझ्ने कुरामा
उनीहरु अझै अनुभवहीन नै हुन्छन । अनुभवहीन
भएको हुनाले तीनीहरु असुरक्षामा फसेका हुन्छन । उनीहरु तात्कालिक लालसामा डुबेका
हुन सक्छन।
- शारिरिक र रासायनिक परिवर्तनलेगर्दा समस्याग्रस्त भावना (Emotional Problem) को सामनाका शिकार भएका हुन्छन । उनीहरु लजालू र एक्लोपन महसूस गरेका हुन सक्छन । मेरो कुरा कसैले बुझ्दैन भनेर झडंगिने पनि गर्छन ।
- यस्तोबेला अरु साथीको पनि माया चाहिन्छ, सहानुभुति पनि चाहिन्छ तर कसै-कसैलाई स्कुलमा साथी बनाउन गाहरो भईरहेको हुन्छ ।
- शारिरिक र रासायनिक परिवर्तनलेगर्दा समस्याग्रस्त भावना (Emotional Problem) को सामनाका शिकार भएका हुन्छन । उनीहरु लजालू र एक्लोपन महसूस गरेका हुन सक्छन । मेरो कुरा कसैले बुझ्दैन भनेर झडंगिने पनि गर्छन ।
- यस्तोबेला अरु साथीको पनि माया चाहिन्छ, सहानुभुति पनि चाहिन्छ तर कसै-कसैलाई स्कुलमा साथी बनाउन गाहरो भईरहेको हुन्छ ।
-
कुनै किशोरी लाई आफुलाई चाहिएको बेला बजार जान वा कतै
जाने साथी भेटिदैन ।
- कोही कोही साह्रै एक्लो
भईरहेका हुन्छन ।
यस्ता बिभिन्न
समस्या सित जुध्न किशोर–किशोरीहरुले
घर परिवारबाट बलियो नैतिक समर्थन खोजी रहेका हुन्छन । यसले उनी हरु
- - उचित निर्णय गर्न
- - असल मित्र रोज्न सहायक हुन्छ .
चिंताग्रस्त देखिनु,नबोल्ने, रिसाउने र झर्किने हुन्छन ।
- शरीरमा हुने हार्मोन तथा अन्य रासायनिक परिवर्तन ले ल्याएको संवेगात्मक उतार चढाव
हो .
- -
उनीहरु आफनै रोमान्टिक दुनियामा हुन्छन ।
-
यस्तै बेला उनीहरु रोल मोडेलको खोजीमा भौतारिएका
हुन्छन । न युवा युवतीमा न त केटा केटीमा
गनिने भएको ले भुमरीमा परेका हुन्छन । त्यसमा पनि कस्तो युवा वा कस्ती युवतीको
रुपमा आफुलाई ढाल्ने भन्नेपनि समस्या हुन्छ ।
उनीहरुलाई यसरी मद्दत गर्ने
उनको मनमा के
भई रहेको छ बुझने -
-
- उनीहरु लाई राम्रो सित अवलोकन गर्नु पर्छ । ब्यवहारमा
आएको परिवर्तन लाई राम्रो सित नियाल्ने
- - तर उनीहरुको मन भित्र के भई रहेछ भनेर जान्ने एउटै उपाय हो – प्रश्न सोध्ने ।
- - तर उनीहरुको मन भित्र के भई रहेछ भनेर जान्ने एउटै उपाय हो – प्रश्न सोध्ने ।
संचार
कायम राख्ने
धेरै जसो आमाबाबु का बीच बोलचाल बंद भएको हुन्छ . विशेषगरि बाबु सित. छोरो बोल्दैन भन्ने गुनासो प्राय सुनिन्छ.
धेरै जसो आमाबाबु का बीच बोलचाल बंद भएको हुन्छ . विशेषगरि बाबु सित. छोरो बोल्दैन भन्ने गुनासो प्राय सुनिन्छ.
यदि
कुनै आमाबाबुलाई आफ्नो किशोर छोराछोरी सित संचार टुटेको जस्तो लाग्छ भने बिस्तारै कुराकानी
गर्दै संचार कायम गर्ने ।
- किशोर/किशोरी सित
उनीहरुको मनको कुरा बुझन पर्याप्त समय र धैर्य चाहिन्छ ।
उनी
आगो तपाईं पानी
हार्मोन्समा भएको परिवर्तनले गर्दा मलाई कसैले बुझ्दैन भन्ने लाग्छ .म आफु सही छु भनी आफ्नो कुरा माथि पार्न रिस देखाउने मौका पनि खोजी रहेका हुन्छन् . यस्तो बेला प्राय बाबुहरु बहस गर्न थाल्छन वा रिस देखाउने गर्छन. परिणाम आफै विचार गर्नुहोस . तेसैले रिस नदेखाउने . शांत भावले तर दृढ़ताका साथ आफ्नो कुरा राख्ने .
ख़ुशीको कुरा
आफ्ना
छोराछोरीको जीवनमा सांच्चै शामिल हुन तपाईलाई कडा संघर्ष गर्नू पर्छ । आफूलाई
बदल्नु पर्छ । तेसो गर्न सक्नु भयो भने केटाकेटी बहकीने छैनन . खुशीको खबर यो कुरा
धेरैले गर्दैछन ।---------------http://jnawalivinod.blogspot.com
0 comments:
Post a Comment