यौन
आनन्द आफैँमा एउटा
सुन्दर अनुभूति हो
। तर, केही
कुरामा ध्यान दिन
सकियो भने सेक्सलाई ‘सुपर
सेक्स’ बनाउन सकिन्छ
। एक अनुसन्धानअनुसार यौनको
बढी भन्दा बढी
आनन्द लिनका लागि
केही सामान्य कुरामा
ध्यान दिन आवश्यक
छ । ‘क्यानेडियन जर्नल
अफ ह्युमेन सेक्सुवालिटी’मा
प्रकाशित अनुसन्धानअनुसार
ग्रेट सेक्स’ का
लागि यौनपार्टनरसँग मानसिक
रुपमा तालमेलको जरुरी
छ । दुवैबीच संवादको समेत
एकरुपता आवश्यक पर्छ ।
एक आपसमा आ–आफ्नो उपस्थिति दर्ज
गराउनु सुपर सेक्सका अर्को
सूत्र हो ।
अनुसन्धानमा भनिएको
छ, ‘सँगै हुँदा
हरेक क्षण पूर्ण
रूपमा रमाइलो तरिकाले जिउने
प्रयास गर्नुपर्छ ।’
दुबैले आफ्नो ऊर्जाको भरमग्दुर उपयोग
गर्दै सम्बन्धको न्यानोपनलाई कायम
राख्नु आवश्यक हुन्छ
। अन्तरंगता अर्को
मुख्य सूत्र हो
। अन्तरंगता यौन
सम्बन्धका लागि उत्प्रेरक हुन्छ,
जसले उत्तेजनामा तीब्र
वृद्धि गर्छ ।
यसले आपसमा आदर
र सम्मानको भाव
समेत जाग्रित हुन्छ
। स“गै
एक–अर्काप्रति वास्तविक र
स्वाभाविक यौन चाहना उत्पन्न हुन्छ
। अनुसन्धानअनुसार यौन
क्रियाका लागि एक–अर्कालाई शारीरिक रूपमा
अनुभव गर्नु नै
महत्वपूर्ण हुँदैन ।
यद्यपि
यौन क्रियाक्लपामा जुट्नुअघि अतिरिक्त संवाद
र एक–अर्काप्रति सहानुभूति राख्दा
अझ राम्रो हुन्छ
। संवाद बोली
वा सांकेतिक रुपमा
हुन सक्छ ।
सम्बन्धको सुमधुरता आवश्यक हुनुको साथै
एक–अर्काप्रतिको समर्पण
अझ महत्वपूर्ण कुरा
हो । यदि
जोडीहरू मानसिक र शारीरिक रूपमा
यसका लागि तयार
हुन्छन् भने उनीहरू राम्रो
यौनको अनुभव गर्छन्
। जोडीहरूले यो
कोसिस गर्नुपर्छ कि
आफ्नो साथीलाई परमानन्दको सुख
दिने होइन, दुइटैले कसरी
आनन्द लिने ।
अनुसन्धानले ‘स्वस्थ यौन’ एक
प्रकारको ‘एडवेन्चर’ बताएको छ, जसलाई
विवाहित दम्पती, प्रेमजोडीले अनुभव
गर्न सक्छन् ।
बुझ्नैपर्ने कुरा के हो
भने यौनका लागि
तयार हुनु युद्ध
लड्नु होइन, यो
समर्पण हो ।
दुवैलाई एकअर्कालाईै पूर्ण
रुपमा सुम्पिनुपर्छ, जसले
गर्दा अनुकुल तरिका
र आसल अपनाएर
साथीले दोहोरो यौन
सन्तुष्टि सिर्जना गर्न सकोस् ।
बिहे भएका ६०
वर्षमुनिका जोडीहरूलाई अनुसन्धानमा सहभागी थिए ।
अनुसन्धानमा भाग लिएका जोडीलाई भावनात्मक रूपले
मुक्त गरिएको थियो
। अनुसन्धानको समय
यो देखियो कि
जसले निःस्वार्थ रूपले
अनुसन्धानमा भाग लिए उनीहरूमध्ये यौनको
समय कुनै पनि
सम्बन्ध तोड्नेजस्तो स्थिति उत्पन्न भएन
। उनीहरूले अति
आनन्ददायक यौनको अनुभव गरे
।
0 comments:
Post a Comment